बुटवल, १७ जनवरी: रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्धको सहकारी ठगी मुद्दा आज दर्ता गर्ने भनिएको भएता पनि सर्वोच्च अदालतमा रहेको पुरानो मुद्दाको मिसिलका कारण प्रक्रिया रोकिएको छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ।

लामिछानेमाथि व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाको नाममा सामूहिक २ करोड १५ लाख २८ हजार गरी कुल ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो दाबी गरिएको छ। जोशीविरुद्ध व्यक्तिगत रूपमा २ करोड ५० लाख र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी कुल ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रहरी अनुसन्धान सकेर एक साताअघि जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको थियो। सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पारेपछि मात्र दर्ता प्रक्रिया अघि बढ्नेछ।

यसअघि, लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियोग दर्ता गरिएको थियो र उनीहरू धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय