काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम असफल भएमा हमासविरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौता स्थानीय समय अनुसार आज विहान साढे ८ बजेबाट लागू हुनेछ ।

युद्धविराम सम्झौता लागू हुनु केही घण्टाअघि नेतान्याहुले टेलिभिजनमार्फत् सम्बोधन गर्दै युद्धविराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा आफ्नो देश युद्धमा जान कुनै पनि बेला तयार रहेको चेतावनी दिनुभयो । नेतान्याहुले हमाससँगको विगत १५ महिनामा भएको युद्धमा इजरायलको सैन्य अभियानले सफलता हासिल गरेको विवरण समेत पेस गर्नुभयो ।

त्यस क्रममा हमासका नेता याह्या सिनवारको हत्यासहितको रूपरेखा प्रस्तुत गर्दै नेतान्याहुले मध्य पूर्वमा हमास विश्व समुदायबाट एक्लिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय