काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु भत्काउन थालेको छ ।

काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलयनजिक सरकारी जग्गामा बनेका अवैध संरचना भत्काउन सुरु गरेको हो । संरचना भत्काउने क्रममा स्थानीयले केहीबेर अवरोधसमेत गरेका थिए ।

प्राधिकरणले आजबाट मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउन थालिएको जनाएको छ । धोबीखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय