बारा । बाराको निजगढ नगरपालिकामा सहजकर्ता र स्वयंसेवक पदका निम्ती १० जनालाई करारमा कर्मचारीको माग गरेको छ । खुल्ला प्रतियोगिताद्वारा करारको पदपूर्ति गर्नका लागि नगरपालिकाले १० जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाले कृषक दर्ता व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहजकर्ता तथा स्वयंसेवक करारमा लिनुपर्ने भएकाले कृषि तथा भेटेनरी बिषयमा जे.टि तथा जे.टि.ए वा कक्षा १२ उतीर्ण गरेका इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ २२ गतेसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।