
काठमाडौं । मंगलोदय सृजनशील समाजले बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
कार्यक्रम चन्द्रागिरि नगरपालिका थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा हुन लागेको हो । कार्यक्रमका संयोजक सुरज नेपालले माघ १२ गते हुने बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा सबैले उपस्थिति जनाई कार्यक्रम भब्यरुपमा सफल पारिदिन हुन पनि आग्रह गर्नुभएको छ ।



कार्यक्रम विहान ९ बजेदेखि साढे २ बजेसम्म संचालन हुनेछ ।