वीरगन्ज-पथलैया व्यापारिक मार्गको ठेक्कामा अनियमितता भएको आरोप लगोको छ ।

४ करोड ३० लाखको व्यापारिक मार्ग वीरगन्जको पावरहाउसदेखि रजत जयन्ती चोकसम्म र रजत जयन्ती चोकदेखि नेपाल भारतको मितेरी पुलसम्मको सडक निर्माण गर्नको लागि सागर र समा निर्माण कम्पनीसंगको मिलिमतोमा बिना प्रतिस्पर्धा एकल स्वीकृत हुने गरी टेण्डर आह्वान गरिएको स्थानीय निर्माण व्यवसायीले आरोप लगाएका छन ।

एकल प्रतिस्पर्धीलाई सिमित गराउने र एकै पटकमा ठेक्का स्वीकृत गराउने मनसायले खुलाइएको ठेक्काबाट राज्यको ढुकुटीमा ३ करोडभन्दा वढी घाटा पुग्ने बदनियत रहेको उनीहरुको आरोप छ ।

व्यापारिक मार्ग विस्तार परियोजना वीरगन्ज– पथलैयाले आर्थिक प्रलोभनमा परेर बिना बोलपत्र प्रतिस्पर्धा इस्टमेट बराबरको रकम ठेक्का हुने गरी दाखिला गरिएको स्थानीय निर्माण व्यसायीहरुले आरोप लगाएका छन । आर्थिक अनियमितता गर्ने उद्देश्यले गरिएको सो ठेक्का विरुद्ध अखियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य ठाउमा उजुरी पनि परेको छ ।

सिमित प्रतिस्पर्धामा टेण्डर गर्ने गरी खुलाइएको सहजै अनुमान गर्न सकिन्छ । यसरी ठेक्का स्वीकृत हुँदा राज्य कोषमा ठूलो आर्थिक क्षति हुने देखिएको छ ।

यता आयोजना प्रमुख मनिष साहले टेन्डर परेको तर यसबाट प्रशोधन गरी नियम संगत देखिएका निर्माण कम्पनीलाई मात्र योजना दिने बताए । उनले टेण्डरको लागि प्राप्त भएको कागजात, निर्माण कम्पनीको कार्य बिवरण र कम्पनीको पछिलो रेकर्ड हेरेर ठेक्का स्वीकृत गर्ने बताए । उनले मिलोमतमा टेण्डर भएको भए वा कुनै किसिमको आर्थिक चलखेल भएको देखिए खारेज गरी पुनः आहवान गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय