
भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबल क्षतिग्रस्त भएपछि नेपालका इन्टरनेट सेवाप्रदायकहरू प्रभावित भएका छन्। आइतबार राति करिब ९ बजेदेखि नेपालभरि अधिकांश इन्टरनेट सेवा सुस्त बनेको थियो। प्रयोगकर्ताहरूले मोबाइल र ब्रोडब्यान्ड इन्टरनेट सेवामा समस्या भएको गुनासो गरिरहेका थिए।
अपस्ट्रिम प्रदायकको मुख्य फाइबर केबल क्षतिग्रस्त भएकाले नेपाल आउने इन्टरनेट ब्यान्डविथ ठप्प भएको बताइएको छ। यसले गर्दा देशभरि इन्टरनेट सेवामा असर परेको थियो। तथापि, आवश्यक प्राविधिक मर्मतपछि सेवा पुनः सञ्चालनमा आएको छ।



एक नेटवर्क सेवाप्रदायकका प्रतिनिधिका अनुसार, हाल नेपालको इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किसकेको छ। यस्तो घटनाले नेपालको इन्टरनेट सेवा कति नाजुक र निर्भर छ भन्ने कुरा पुनः उजागर भएको छ।