काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले नेपालको सबैभन्दा ठूलो डेटा सेन्टर “डेटा वल्र्ड“ को भौतिक निर्माण कार्य पूरा गरेको छ । काठमाडौंको चन्द्रागिरि फेदमा रहेको मातातीर्थ सबस्टेसन नजिकै निर्माण भएको यो अत्याधुनिक डेटा सेन्टरले नेपालको डिजिटल इन्फ्रास्ट्रक्चरलाई मजबूत बनाउने र देशव्यापी डेटा सेवाको पहुँच विस्तार गर्ने अपेक्षा राखिएको छ ।

यो डेटा सेन्टरले ३.५ मेगावाटको आईटी पावर क्षमता र ५२० र्याकले सजिएको छ । यसले टेलिकम, इन्टरनेट सेवा प्रदायक र अन्य व्यवसायहरूलाई विश्वसनीय डेटा स्टोरेज र सञ्चार सेवा प्रदान गर्नेछ । वल्र्डलिंकले यो डेटा सेन्टर भूकम्प प्रतिरोधी, उच्च सुरक्षा युक्त र क्लाउड, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) जस्ता उन्नत प्रविधिहरूका लागि अनुकूल बनाइएको छ ।

कम्पनीले यसलाई नेपालको पहिलो टियर ३ र एज प्रमाणित हरित डेटा सेन्टरको रूपमा स्थापित गरेको दाबी गरेको छ । यसले नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा छ । वल्र्डलिंकले प्रत्येक प्रदेश र जनघनत्व बढी भएका स्थानहरूमा एज डेटा सेन्टरहरू स्थापना गर्ने लक्ष्य पनि राखेको छ ।

यो डेटा सेन्टर अबको चार महिनामा सञ्चालनमा आउने बताइएको छ । यसले नेपालको डिजिटल इकोसिस्टमलाई मजबूत बनाउन र देशलाई डिजिटल परिवर्तनको अग्रिम पङ्क्तिमा लैजान महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय