पुष्कर खड्का, रामेछाप । रामेछाप जिल्लामा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार आइतबार जिल्लाका विभिन्न पालिकाका गरी २१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

सोमबार जिल्लामा ४७ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना र २० जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।

जनस्वास्थ्य अधिकृत थापाले भने,’मन्थली नगरपालिकामा ५७, रामेछाप नगरपालिकामा ५५, उमाकुण्ड गाउँपालिकामा २१, खाँडादेवी गाउँपालिकामा २७, गोकुलगङ्गा गाउँपालिकामा १७, लिखुतामाकोसी गाउँपालिकामा २५, दोरम्बा सैलुङ गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १९ जना गरी २२६ जना सक्रिय संक्रमित होम आइसोलेशनमा छन् ।’

त्यसैगरी जिल्ला अस्पतालमा १३, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापति गाउँपालिकामा १ जना गरी २३ जना सक्रिय संक्रमित संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म एक लाख २ हजार ९५१ जनाले पहिलो मात्राको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने ७९ हजार ७७ जनाले दोस्रोमात्राको खोप लगाएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय