
नेपनल पुलिस क्लबले लगातार दोस्रो खेल जित्दै २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। आज पोखरा रंगशालामा भएको क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २-० ले हराएको हो।



पुलिसको जीतमा विवेक पाण्डे र राम वजीले एक(एक गोल गरे। यससँगै, पुलिस क्लबले २०७७ सालपछि पहिलो पटक पोखरामा सेमिफाइनलमा स्थान पाएको छ। प्रतियोगितामा अब पुलिसले चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीचको विजेतासँग खेल्नेछ।
पछिल्लो संस्करणमा पूर्व विजेता टोली सहारा क्लब, एपीएफ र सङ्कटा प्रतियोगिताबाट बाहिरिसकेका छन्। प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन्।