२५ औं संस्करणको बुढासुब्बा गोल्डकपमा न्युरोड टिम (एनआरटी)ले ऐतिहासिक ह्याट्रिक गरेको छ। शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै उपाधी जितेको हो। यस जितसँगै एनआरटीले १० औं र २४ औं संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो। खेलमा चर्च ब्वाइजले पहिलो अग्रता लिएको थियो। खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामांगले हेड गोल गर्दै टिमलाई १-० ले अघि बढाए। तर, तीन मिनेटमै एनआरटीले बराबरी गर्यो। २७ औं मिनेटमा एनआरटीका हेनरी पोकोले कर्नर प्रहार गर्दै गोल गरे, जब चर्च ब्वाइजका गोलकिपर क्रिसल मोक्तानले बललाई पञ्च गर्न सकेनन्।

५८ औं मिनेटमा हेनरी पोकोले एनआरटीका लागि दोस्रो गोल गर्दै टिमलाई विजयी बनाएका थिए। यस खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित भए र उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो।
व्यक्तिगत विधातर्फ पनि एनआरटीको बर्चस्व

एनआरटीले व्यक्तिगत विधामा पनि बर्चस्व कायम गरेको छ। प्रतियोगिताको सवोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए र उनलाई नगद एक लाख पुरस्कार प्रदान गरिएको थियो।

अन्य व्यक्तिगत पुरस्कार यस प्रकार छन

फरवार्डस् चर्च ब्वाइजका समिर तामांग
गोल किपरस् एनआरटीका प्रमिजय गच्छदार
डिफेन्डरस् चर्च ब्वाइजका पदम भट्टराई
मिड फिल्डरस् चर्च ब्वाइजका रोहन कार्की
कोच: एनआरटीका हरिओम श्रेष्ठ
हाई स्कोर: चर्च ब्वाइजका समिर तामांग र अर्माण्ड भिदोंग (समान ३ गोल)
एनआरटीले १० लाख पुरस्कार जित्दा चर्च ब्वाइजले ५ लाख पुरस्कार प्राप्त गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय