पोखरा, १० फागुन – चर्च ब्वाइज युनाइटेडले २४ औं पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।

चर्च ब्वाइजका लागि निर्णायक गोल ८९औं मिनेटमा राज भुषालले गरेका थिए। नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राज भुषालले हेडरमार्फत पोस्टको दिशा दिएका थिए। यो जितसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग पराजित भएको हारको बदला पनि लिएको छ।

अब चर्च ब्वाइजले माघ ३० गते पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय