धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सीवाइसी अत्तरियाले अपराजित रहँदै फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनको फराकिलो अन्तरले हराउँदै अर्जुन ट्रफीको उपाधि जितेको छ। अत्तरियाले डडेल्धुरालाई १ सय १९ रनको लक्ष्य दिएको थियो, र डडेल्धुरा यो लक्ष्य पछ्याउँदा १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८४ रनमै अलआउट भएको हो।

अत्तरियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो। अत्तेरियाका कप्तान सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाए भने, विकेटकीपर भूपाल थापाले १३ रन बनाउँदा अन्य केही खेलाडीले थोरै योगदान गरे। डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिए, जुन डडेल्धुराको पक्षमा सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो। त्यस्तै, कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिएका थिए, जबकि २ खेलाडी रन आउट भए। डडेल्धुराले शुरुवातैदेखि दबाबमा रह्यो र ओपनर आयुष्मान बम ० रनमा आउट भए भने विनोद भण्डारी ५ रनमा पवेलियन फर्किए। डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन बनाउँदै सर्वाधिक रन बनाएका थिए, त्यस्तै कुशल भुर्तेलले २० रन र अशोक धामीले ११ रन बनाए। तर, अन्य खेलाडीले दुई अंकसम्म पुग्न सकेनन्।

अत्तरियाका बलिङतर्फ दीपेश कँडेल र सहाब आलमले उत्कृष्ट प्रदर्शन गर्दै समान ३/३ विकेट लिए, जसले डडेल्धुरालाई चुनौतीपूर्ण बनाएको थियो। अत्तरियाको बलिङ र फिल्डिङमा एकजुटता र उम्दा प्रदर्शनले डडेल्धुरालाई खेलमा फर्कनको लागि कुनै अवसर दिन सकेन। यस प्रतियोगिता मार्फत नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा अत्तरियाले च्याम्पियनको उपाधि जितेपछि १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहने डडेल्धुराले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय