पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्ट नर्थलाई ३–० गोल अन्तरले हरायो । ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन, सयदज्मोल र शाब्कात्जोनले १÷१ गोलको योगदान दिए । खेलको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो । टिमका लागि पहिलो गोल इस्लोम्जनले गरे । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट गोल गरे ।

त्यस्तै खेलको ७३ औं मिनेटमा सयदज्मोलले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले साभकातले दायाँ साइडबाट दिएको पासमा गोल गरेका हुन् ।

त्यसको केहीबेर पछि नै शाब्कात्जोनले गोल गर्दै टिमलाई ३–० को सहज स्थितिमा ल्याए । उनले खेलको ७५ औं मिनेटमा डि बक्स बाहिरबाट हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो । अब ब्ल्याक बुल्सले बिहीबार थ्रीस्टार सगँ खेल्ने छ । सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । या ेसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।सेमिफाइनल अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटे बिच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय