
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राख्दै गरेको आन्दोलन स्थगित भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका संचालक समितिका पदाधिकारी, कर्मचारी र संघका पदाधिकारीबीच छलफल भएको हो ।



बिहाबारदेखि आन्दोलनको कार्यक्रम आब्हान गरेको संघले आजको छलफलपछि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति जनाएको छ । संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र संघका पदाधिकारीलाई वार्ताका लागि बोलाउनु भएको थियो । छलफलमा मन्त्री भण्डारीले संघले राखेका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।
संघले लागतअनुसारको बजार मूल्यबृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो ।