काठमाडौं । वनभोज खाएर नगरकोटबाट साँखु फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्युभएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बस दुर्घटना भएको हो । दुर्घटनामा ४० जना घाइते भएका छन् ।

चावहिलको एसएस एकेडेमीले रिजर्भ गरेर वनभोजको लागि लगेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय