‎बर्दिया प्रहरीले १ लाख ८२ हजार बढी नगदसहित जुवा खालबाट १५ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । वारबर्दिया नगरपालिका वडा नम्बर–९ बस्ने निराजन राजवंसीले संचालन गरेको होम स्टेबाट प्रहरीले होमस्टे संचालकसहित १५ जना जुवाडेलाई नियन्त्रणमा लिइएको हो ।

‎अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले छापा मारेर १५ जना जुवाडेसहित १ लाख ८२ हजार ६ सय ७० रुपैया नगद तथा २० वटा मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका वडा नं. ९ का ३२ वर्षीय निराजन राजवंशी, वडा नं. ५ का ४० वर्षीय नविन कुमार चौधरी, वडा नं. २ का ३५ वर्षीय रामप्रसाद थारु, राजापुर नगरपालिका वडा नं. ८ का ४५ वर्षीय बसन्त कुमार शर्मा, वडा नं. ७ का ४६ वर्षीय कमल गुरुङ, मधुवन नगरपालिका वडा नं. ९ का ३५ वर्षीय नारायण क्षेत्री, वडा नं.७ का ५२ वर्षीय घनश्याम दवाडी, गुलरिया नगरपालिका वडा नं. १ का ३७ वर्षीय चेतन खनाल, ३५ वर्षीय आसुतोष कुमार यादव, वडा नं. ११ का ३२ वर्षीय दुर्जन थारु, वडा नं. २ का ४० वर्षीय रविन्द्र यादव, वडा नं. का ३६ वर्षीय नारायण गिरी, वडा नं. ७ का ४८ वर्षीय श्याम शर्मा, सुर्खेत जिल्लाका पंचपुरी नगरपालिका वडा नं. ७ का ४८ वर्षीय देव बहादुर शाही र चौकुने गाँउपालिका वडा नं. ८ का ३६ वर्षीय हरिचन्द्र बुढा रहेका छन् ।

‎जुवाडेहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय