सिरहा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अवसरवादी मार्गमा हिँडिरहेको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले सिरहा जिल्ला कमिटीले आयोजना गरेको वडा केन्द्रित तीन महिने अभियानमा ज्ञवालीले दाहालको राजनीतिक शैलीलाई अवसरवादी भन्दै आलोचना गर्नुभएको हो ।

उहाँले दाहाललाई वर्तमान सरकार र देशका प्रमुख दुई ठूला दलहरूको सहकार्य मन नपरेको आरोप लगाउनु भयो । उहाँले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्दा देशको अर्थतन्त्र र विकास निर्माणको गति द्रुतरुपमा अघि बढेकोले विपक्षीहरूले यसलाई रोक्न घेराबन्दी गर्न खोजेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय