तनहुँ । पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो ।

कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्युले गालामा डामेकी थिईन् । कक्षा कोठामा विद्यार्थीले हो–हल्ला गरेको र आफूलाई विद्यार्थीले काली भनेको भन्दै शिक्षिका श्रेष्ठले आक्रोशमा विद्यार्थीलाई पन्युले डामेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेकी छिन् । घटनाको जिल्लास्थित विद्यार्थी संघ संगठनले विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय