काठमाडौं । मकुनाको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा विरोधका कार्यक्रम सुरु भएको छ । मकुनालाई न्याय देउ भन्दै प्रदर्शनकारीले पर्चा–पम्प्लेट र ब्यानर बोकेर विरोधका कार्यक्रम सुरु गरेका हुन् ।

प्रदर्शनको क्रममा चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जंगली हात्ती मकुनाको हत्या गरिएको भन्दै हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ । मकुनाको हत्याको विरोध हुन थालेपछि सरकारले वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले घटनाको स्थलगत अध्ययन सकी बुधबार काठमाडौं फर्किसकेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा माघ २३ गते मकुनालाई गोली हानी मारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय