‎बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीले समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिएको छ ।

‎बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट उक्त बाघ डाट गरी नियन्त्रणमा लिएको हो ।

‎राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार नियन्त्रणमा लिएको बाघ करिब ३ वर्षको पोथी रहेको छ ।

‎गाउँबस्तीमा पसेर चौपाया मारेर खाने, मानिसलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त भनिन्छ । ‘समस्याग्रस्त बाघ गाउँ नजिक आएको थाहा भएपछि संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । तुम्फाहाम्फेका अनुसार ‘बाघको फ्रोफाइल अध्ययन भइरहेकोले यसलाई कहाँ पठाउने भन्नेबारे निकुञ्ज प्रशासनले विभागसँग समन्वय गरिरहेको छ ।’

‎नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको कोरीडोरमा छाडिने सम्भावना पनि रहेको उनको भनाइ छ । बर्दिया ठाकुरद्वारा र रम्मापुरमा रहेको बाघको थुनुवा कक्ष यसअघि नै भरिसकेको छ । थुनुवा कक्षमा तीनवटा बाघ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय