
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी भएका छन् ।
बैठकमा सरकार संचालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता दिनेलगायतको विषयमा छलफल भइरहेको छ ।



यसअघि यसै साताको दुईपटक संयन्त्रको कार्यदल बैठक बसिसकेको छ ।