सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सभापति पक्राउ परेका छन ।

हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषीराज ढकालले जानकारी दिए ।

हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धानका लागी काठमाडौ पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजार सम्म जरिवाना हुने कानुनी व्यवथा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय