बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीना आफु छिट्टै स्वदेश फर्किने घोषणा गरेकी छन् । भारतमा निर्वासित जीवन बिताइरहेकी हसीनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले देशलाई अस्तव्यस्त बनाएको आरोप लगाएकी छिन् ।
हसिनाले एक भिडियो सन्देश जारी गर्दै आफु ढाका फर्किएर युनुसका गैरकानूनी कामको पर्दाफास गरेर जनतालाई न्याय दिलाउने बताइन् । हसिना बंगलादेशको प्रधानमन्त्री रहँदा देशमा विरोध प्रदर्शन र हिंसा बढ्न थालेपछि सन् २०२४ अगस्त ५ तारिखमा ढाका छोडेर भारत शरण लिन पुगेकी थिइन्।



हसीनाले युनुसमाथि आतंकवादीलाई खुलेआम छुट दिएको र देशका सार्वजनिक संस्थाहरूमाथि अवैध कब्जा गराएको आरोप लगाइन् ।




