भारतीय चलचित्रका चर्चित अभिनेता रमेश देवको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४ दिनअघि ९३ औं जन्मदिन मनाएका उनको बुधबार मुम्बईस्थित अम्बानी अस्पतालमा निधन भएको हो । रमेशले २८५ भन्दा बढी हिन्दी र १९० वटा मराठी फिल्ममा अभिनय गरेका छन् । उनकी श्रीमती सीमा देव पनि कलाकार हुन् ।

सन् १९५१ मा चलचित्र उद्योगमा डेब्यु गरेका रमेशका दुई छोरा अजिंक्य र अभिनव देव पनि यही क्षेत्रमा छन् । उनले पहिलोपटक १९६२ मा हिन्दी चलचित्र ‘आरती’मा अभिनय गरेका थिए ।

रमेशले अमिताभ बच्चनसँग ‘आनन्द’ चलचित्रमा पनि सँगै काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय