किसानलाई मलखाददेखि पेन्सनसम्मका सुविधा दिन माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबार मधेश प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पसाहा खोलाको पुल बन्द गरेका थिए भने जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरूद्ध गर्दै प्रदर्शन समेत गरेका हुन ।

प्रदर्शनका कारण करीब १ घण्टा राजमार्ग बन्द भएपछी बारा प्रहरीले हस्तक्षेप गरी राजमार्ग पुन सन्चालनमा त्याएको थियो । राजमार्ग क्षेत्रमा ठुलो मात्रमा प्रहरी परिचालन गरिएको छ।

किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको जनमत पार्टी बारा जिल्लाका सचिब बिजय गुप्ताले बताए ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।

यसअघि जनमतले पार्टीले बाराले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय