
पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा गणना गरेको १३ लाख रुपियाँ भेटी रकम सार्वजनिक गरेको छ । फागुन महिना अवधिभरीमा १३ लाख ३ हजार ५ सय रुपियाँ भेटी गणना गरी विभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरेको हो ।समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार हरेक महिना गणना गरेको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धताअनुसार नै भेटी रकम सार्वजनिक गरिएको हो । उहाँका अनुसार गत वर्षको फागुनको तुलनामा यस वर्षको फागुनमा ४२ लाख रुपियाँ कम भेटी संलकन भएको छ । गत आर्थिक वर्षको फागुनमा करिब ५५ लाख रुपियाँ बढी भेटी संकलन भएको थियो ।



पाथीभराको नाम तथा निर्र्माणको प्रक्रियामा रहेको केबलकार विवादले दर्शनार्थीको संख्या घट्दै गएकाले भेटी रकम पनि घटेको कार्यकारी निर्देशक हाङबाङको भनाई छ । समितिका अनुसार गत महिनाको तुलनामा यस वर्षको केही महिना अघि देखि नै भक्तजनको सख्या घट्दै आइरहेको । ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरि कार्यालयमा ल्याएर गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
घट्यो तिर्थयात्रीकोे संख्या
फागुनमा महिनामा ७ हजार ४ सय २८ जना तिर्थयात्रीले मात्र दर्शन गरेका छन् । समितिका अनुसार गत आवको फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।
पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् । तर बन्द हड्तालका कारण तिर्थयात्रीको सख्यामा समेत दिनप्रतिदिन ह्रास आएको समितिको भनाइ छ । मन्दिर दर्शनका आउने तिर्थयात्रीको संख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकाम सहित मेची राजमार्ग तथा तमोर करिडोर आसपासका व्यवसायीहरु समेत प्रभाबित भएका छन् ।