
कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका एक सय भन्दा बढी विदेशी नागरिक अझै फर्किएका छैनन् । घोडाघोडी नगरपालिका ९ को सिमली जङ्गलमा बसेका विदेशी नागरिकलाई बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीले ठाउँ छाड्न निर्देशन दिए पनि आधा अझै जङ्गलमै रहेको वुझिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले आधा जति ठाउँ छोडेर गए पनि आधा अझै सोही ठाउँमा बाकी रहेको र, जाने क्रम जारी रहेको बताउनु भयो । सिमली जङ्गलमा करिब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका नागरिक बसेका थिए । रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल नेतृत्वको टोलीले जंगल छाड्न निर्देशन दिनुभएको थियो ।



उनीहरू वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि सुरक्षा निकायको टोली वन क्षेत्रमा पुगेको थियो ।कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि जम्मा करिब १५० जना जंगलमा संकास्पद तरिकाले बस्दै आएपनि केहिले भने ठाउँ छोडेर गएका छन् । इजरायल, युके, रसिया, स्वीडेन, ताईवान, टर्की, भारत, जापान, जर्मनी फ्रान्स, आईभरिक, ग्रिस, नेदरल्याण्ड, स्विजरल्याण्ड, चिन, ईस्पेन लगाएत १८ देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएका थिए । अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु नेचर लभर भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए ।
यद्यपी अनुगमनका क्रममा उनीहरुले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधी गरेको नपाइएपछि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ । घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ । सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीबार दिउँसो हातपात समेत भएको थियो । मिश्रले विदेशी नागरिक घोडाघोडीको जंगल क्षेत्रमा बसेर अस्वभाविक र रहस्यमय गतिविधी गरिरहेको र त्यसमा होटल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए । रेन्बो फेमली ग्यादरिङ नाम दिएर केही महिनाअघि यसैगरि अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए ।