पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ । अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवी न्यौपानेले ४६९ मत पाएकी छन् । अखिल क्रान्तिकारीका नवीन अधिकारीले २ सय २३ मत, संयुक्त प्यानलका सन्तोष पौडेल १ सय ९६ मत, स्वतन्त्र उम्मेदवारी दिएका कमल सुवेदीले ९९ मत, प्राज्ञिक विद्यार्थी परिषदका दिप्सन गुरुङले ७६ मत अखिल छैटौँका मिलन सुनारले २८ पाए ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भइन् । प्रत्यक्षतर्फको सदस्यमा सबै जना अनेरास्ववियुका उम्मेदवार विजयी भए । आइतबार भएको मतदानमा ३१ दशमलब २४ प्रतिशत मात्र मत खसेको थियो । सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाता विद्यार्थीमध्ये २ हजार ८ सय ९६ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन समितिले जनाएको छ । अब समानुपातिक तर्फको मतगणना हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय