लेनदेनको बिबादास्पद अडियो बाहिरियपछी सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, वन तथा बातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनाम दिएका छन् । मुख्यमन्त्री कमल शाह लाई मन्त्री चौधरीले राजीनामा वुझाएका छन् । आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए । सुदूरपश्चिम प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्बाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने गरी आर्थिक लेनदेनको अडियो सार्वजनिक भएको हो । सो योजना बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी समेत संलग्न भएको अडियो सार्वजनिक भएको थियो । लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठूलो धनराशी कमाउने चलखेल भएको लेनदेनको अडियोले स्पष्ट पारेको छ । आफु माथी लागेको आरोप नियोजित भएको भन्दै मन्त्री चौधरीले अनुसन्धान लाई सहयोग गर्ने आफुले राजीनामा दिएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गर्ने लागेको छ । सो कार्यविधि निर्माण गरेको मन्त्री चौधरी सहित सचिवालयका कर्मचारी र केही वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेल भएको अडियोमा वुझन सकिन्छ । मन्त्री चौधरीको राजीनामा पत्र वुझदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले यस विषयमा सरकार गम्भिर बनेको बताए । उनले मन्त्री चौधरी लाई राजीनामा दिएर बाटो क्रिलियर बनाएकोमा धन्यवाद दिए ।

सो अडियो अनुसार विभागिय मन्त्री चौधरीदेखि मुख्यमन्त्री र नागरिक उन्मुक्तिका केन्द्रीय नेतालाई समेत यो कार्यविधि पास गर्न आर्थिक हिस्सा दिनुपर्ने उल्लेख छ । तर मन्त्री चौधरीले आफु लाई नियोजित रुपमा फसाउँन यो अडियो तयार गरिएको आरोप लगाएका छन् । अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनले बताए । सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, वन तथा बातावरण मन्त्री लक्ष्मण किशोर चौधरी रेशम चौधरी संस्थापक संरक्षक रहेको दल नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । उनी मन्त्री हुदाँ पनि विभिन्न पटक विवादमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय