
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा भारतीय समर्थगुरु सिद्धार्थ औलियाजी आउँदै हुनुहन्छ । गुरु औलियाजी बैशाख ३० गते चन्द्रागिरि आउन लाग्नु भएको हो ।
गुरु औलियाजीलाई चन्द्रागिरि साधना केन्द्रले स्वागत गर्ने छ । उहाँको उपस्थितिमा भजन–कीर्तन, सत्सङ्गको आयोजना गरिएको छ । गुरु औलियाजीले साधना केन्द्रमा प्रवचन दिनु हुने आयोजकले जनाएको छ । गुरु औलियाजी चन्द्रागिरि आउनु भन्दा पहिले बैशाख २७ देखि २९ गतेसम्म पोखराको विभिन्न कार्यक्रममा सहभागि हुनुहुनेछ । बैशाख ३० गते ४ बजे चन्द्रागिरिको साधना केन्द्रमा गुरु औििलयाजी आइपुग्नु हुनेछ ।


