
काठमाडौं । सरकारले नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदीको बिच भागमा जम्मा भएको नदिजन्य पदार्थ हटाइ व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।



सञ्चारमन्त्री गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्यायोजना, २०८२ स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताउनुभयो । यसँगै बैठकले अन्य विभिन्न नौ वटा निर्णय गरेको छ ।
के के छन् त निर्णय :