काठमाडौं । पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि ससद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।  आज बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइल कुनै अध्ययन नै नगरी अख्तियारमा पठाउने निर्णय गरेको हो ।

गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।

त्यसबारेमा थप कुनै अध्ययन र सोधपुछ नै नगरी लेखा समितिले फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय