काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपाल टेलिकमको बा.५ च २२०९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । त्यसैगरी नेपाल टेलिकम बाजुराका चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा दुर्घटनामा परेको हो । जीप सडकबाट करिव ८० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय