नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले ‘ज्यान मार्ने उद्योग’ र ‘कर्तव्य ज्यान’ मुद्दाबाट सफाइ दिएको छ।

न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई दोषमुक्त गरिदिएको हो। अदालतको वेबसाइटमा प्रकाशित विवरण अनुसार आलममाथि लागेका अभियोग प्रमाणित नहुने ठहर गरिएको छ।

आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको र घाइते भएका अरु १३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप लागेको थियो। लामो अनुसन्धान र बहसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

२०७४ सालमा रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका आलम अदालतको फैसलापछि निलम्बनमा परेका थिए।

यस फैसलापछि राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकातर्फ कांग्रेस निकट पक्षहरूले यो न्यायको जित भनेका छन् भने अर्कोतर्फ पीडित पक्ष र मानवअधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय