काठमाडौं । नागढुंगा–नौबिसे सडक खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।

सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गते (भोलि) देखि ३० गतेसम्म दैनिक साँढे चार घण्टा सडक बन्द गर्ने नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ ।

उक्त अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली–विदुर–गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय