
जिल्ला प्रशासन कार्यालय काभ्रेमा डिजिटल टोकन प्रणाली सुरु भएको छ ।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै मंगलबार सेवा शुभारम्भ गरेका हुन् ।



गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेशिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । सेवा शुभारम्भ सँगै भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेद अन्त्य हुने उनले बताए । जो अगाडी आउँछ उसले पहिले सेवा लिने, पालैपालो सेवा लिने र भीडभाडरहित सेवा व्यवस्थापनमा डिजिटल टोकन प्रणाली महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताएका छन् ।
राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि र राहदानी सेवाको टोकन डिजिटल रुपमा प्राप्त गर्न सकिन्छ । सम्बन्धीत शाखामा टोकन अनुसारको पालोमा सेवा उपलब्ध हुनेछ ।
सेवाग्रहीले समेत जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधीमैत्री सेवा प्रभावकारी रहेको बताएका छन् । आफ्नो पालोको लागि झगडा गर्नुपर्ने अवस्थाको अन्त्य भएको नयाँ सेवालाई व्यवस्थित बनाउँदै निरन्तरता दिन सुझाव दिए ।
जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधिीमैत्री सेवाका कारण सहज रुपमा सेवा पाएको बताएका छन् ।