
एप्पलले आफ्नो वार्षिक कार्यक्रम WWDC 2025 मा iOS 26 सार्वजनिक गरेको छ। नयाँ प्रणालीसँगै प्रयोगकर्ताहरूका लागि लिक्विड ग्लास डिजाइन, सुरक्षित गोपनीयता सेटिङ, र सुधारिएको Siri जस्ता सुविधाहरू ल्याइएको बताइएको छ।
एप्पलका अनुसार, A13 बायोनिक चिप वा सो भन्दा नयाँ चिप भएका iPhone मा मात्रै यो अपडेट उपलब्ध हुनेछ। यसको मतलब केही पुराना मोडेल अब नयाँ अपडेटबाट बाहिरिनेछन्।



कुन कुन आईफोनले पाउनेछ iOS 26 ?
यदि तपाईंको आईफोनमा A13 वा त्योभन्दा नयाँ चिप छ भने तपाईंले iOS 26 पाउनुहुनेछ। यदि तपाईं निश्चित हुनुहुन्न भने, आफ्नो फोनको मोडेल जान्न Settings > General > About > Model Name मा हेर्न सक्नुहुन्छ।
अपडेट पाउने मोडेलहरूको सूची:
iPhone 11, 11 Pro, 11 Pro Max
iPhone SE (दोस्रो पुस्ता वा नयाँ)
iPhone 12, 12 Mini, 12 Pro, 12 Pro Max
iPhone 13, 13 Mini, 13 Pro, 13 Pro Max
iPhone 14, 14 Plus, 14 Pro, 14 Pro Max
iPhone 15, 15 Plus, 15 Pro, 15 Pro Max
iPhone 16, 16 Plus, 16 Pro, 16 Pro Max, 16e
नयाँ के छ iOS 26 मा ?
लिक्विड ग्लास UI: झनै पारदर्शी, चिटिक्क र आकर्षक डिजाइन
स्मार्ट Siri: बढी सटीक उत्तर र स्थानीय कार्यहरूमा सुधार
गोपनीयता फिचर: एप ट्र्याकिङमा अझ कडाइ
बेहतर ब्याट्री व्यवस्थापन र गति
अनुकूलनयोग्य होम स्क्रिन र विजेटहरू
यदि तपाईं iPhone XR, XS वा XS Max प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंका लागि यो अपडेट अन्तिम गन्तव्य जस्तो हुनसक्छ। तर iPhone 11 वा त्योभन्दा नयाँ मोडेल छ भने iOS 26 अपडेट तपाईंको लागि ढोका खोल्दैछ।