काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहबाट १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका छन ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजीत दीक्षान्त कार्यक्रमा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित गराए ।



काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १६३ जना, स्कुल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका ११० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भए ।
समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहेका थिए ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५० दशमलब ९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९ दशमलब ०७ (५ सय ५४ जना) छन ।
दीक्षित हुने विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १० दशमलब ४५ प्रतिशत छन् ।
समारोहमा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत डॉक्टर फिलोसफीअफ फ़ेलोसोपी इन जियोमैटिक्स इन्जिनियरिङमा १ जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत Bachelor of Professional Hospitality मा २० जना र स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Doctor of Medicinae in Critical Care Medicine मा १ जना, Doctor of Medicinae in Pulmonary Critical Care and Sleep Medicine मा १ जना, MSc in Community Health Nursing मा १ जना, MSc in Psychiatric Nursing मा २ जना र Master of Physiotherapy in Musculoskeletal Physiotherapy मा ५ जनालाई उपाधि प्रदान गरियो ।
त्यस्तै विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीहरू स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने चान्सलर पदक स्कुल अफ एजुकेसनका दयाराम सिंखडा, स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने भाइस चान्सलर स्वर्णपदक र प्रेमराज पन्त स्वर्णपदक स्कुल अफ स्कुल अफ मेनेजमेन्टका एजल सुखजुलाई, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई दिइने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका कृष्णबाबु भट्टराईलाई प्रदान गरियो। यस्तै रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेडिकल साइन्सेजका सुयस तिमल्सिनालाई, महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनका युरिशा उपाध्यायलाई प्रदान गरियो ।
कार्यक्रममा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको उपस्थितिमा भएको कार्यक्रममा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा अच्युत वाग्लेले स्वागत तथा रजिष्ट्रार प्रा डा राजीव श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना (११ दशमलब ८३ प्रतिशत) विदेशी विद्यार्थी छन् ।




