काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ नेपाली खेलाडी अन्सोल्ड भएका छन् ।

बिबिएलको १६औं सिजनका लागि ड्राफ्टमा सन्दीपसहित देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद थिए । लामिछानेले यसअघि पनि बिबिएल खेलिसकेका छन् । लामिछानेबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव थिएन । उनले समान दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।

लामिछाने र ललितनारायण राजवंशी गत संस्करणको ड्राफ्टमा पनि थिए तर, बिक्री भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय