गय राति लगातारको वर्षापछि कपुरकोट गाउँपालिका–३, चोरखोलामा खसेको ठूलो पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार राति करिब १० बजेदेखि सडक अवरुद्ध भएको हो। पहिरोका कारण वैकल्पिक रूपमा प्रयोग हुँदै आएको साततले मार्गसमेत वर्षात्का कारण प्रयोगयोग्य नरहेकोले यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

केही यात्रुहरू जोखिम मोलेर हिँडेरै गन्तव्यतर्फ लागेका छन्।
प्रहरी निरीक्षक खत्रीले बिहानैदेखि सडक खुलाउने प्रयास जारी रहेको र डोजर तथा एक्स्काभेटर परिचालन गरिए पनि माथिबाट लगातार ढुंगा–माटो खसिरहेकाले काममा कठिनाइ भइरहेको बताए।

प्राविधिक टोली घटनास्थलमै खटिइरहेको र मौसम अनुकूल भएमा सडक चाँडै खुलाउने प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय