
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताउनुभएको छ । आयोगले आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको अन्तरक्रियामा उहाँले नयाँ विनियमावली बनाउनका लागि आवश्यक छलफल गर्ने बताउनु भएको हो ।
सूदूरपश्चिम प्रदेशकी पूर्वप्रमुख तथा बेपत्ता पारिएका परिवारका सदस्य शर्मिला त्रिपाठीले तेस्रो पटक गठन गरिएको आयोगले बेपत्ता परिवारको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले पीडाको भोगाई धेरै भएकोले अब काम सम्पन्न गर्न तिर अग्रसर हुनुपर्ने बताउनुभयो ।



उहाँले छोराछोरीलाई जेनतेन पढाए जागिर पाउन समस्या भएकोले छुट्टै आरक्षणको व्यवस्था गरेर जागिरको सुनिश्चित गर्न आग्रह गर्नुभयो । आयोगमा हालसम्म बेपत्ता परिवारका २ हजार ५ सय ४२ उजुरी दर्ता भएका छन् ।