काठमाडौं । कोरोना सङ्क्रमणको कारण इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरस्थित नोबेल अस्पतालमा इलामकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २०८० बैशाख २१ गतेयता कोरोना संक्रमणबाट मृत्यु भएको रेकर्ड थिएन । सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।

कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये एक जनाको मृत्यु भएको हो । सङ्क्रमितमध्ये झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय