
काठमाडौं । आज बस्ने भनिएको बागमती प्रदेश सभा बैठक असार १६ गतेका लागि सारिएको छ । संसद सचिवालयले विशेष कारण भन्दै बैठक स्थगित गरेको हो ।
बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गरेका थिए । उहाँहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट विनियोजन भएको आरोपसमेत लगाएका थिए ।


