काठमाडौं । चन्द्रागिरि नगरपालिकाले दहचोकस्थित कालु पाण्डे समाधिस्थलमा कर संकलनको लागि ठेक्का आह्वान गरेको छ । नगरपालिकाको क्षेत्राधिकार भित्र रहेको उक्त क्षेत्रमा कर संकलनको लागि ठेक्का आह्वान गरेको हो ।

दहचोक भ्यू टावरमा क्याफे, गिफ्ट सप संचालन, बाइनाकुलर र इन्द्रदहमा पार्किङ शुल्क संकलनको लागि ७ लाख ५० हजार न्यूनतम मूल्य राखेको छ । नगरपालिकाले बोलपत्रको ठेक्का सम्झौता ३ वर्षको लागि हुने जनाएको छ ।
साथै कबोल गरेको रकममा प्रत्येक वर्ष १० प्रतिशतका दरले बृद्धि हुने पनि जनाएको छ ।

(क्लिक गर्नुहोस्) सूचना_

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय