बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा विहिबार दिउँसो वडाअध्यक्षले तोडफोड गरेका छन् । योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोसित १७ नं. वडाका अध्यक्ष नवराज खड्का तोडफोडमा उत्रिएका हुन् ।

बजेट सिलिङ्ग भित्र वडाले छानेका योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रासित खड्काले नगरप्रमुख डा. कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकिय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामाग्रीमा क्षती पुगेको छ ।

यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर सामाग्री तोडफोड भएका छन् । केकती क्षेतीको हो , प्रहरीले मुचुल्का गरिरहेकाले एकिन विवरण आईनसकेको उपमहानगरका श्रोतले बतायो ।

उपमहानगरपालिका जिम्मेवार नभएको भन्दै आक्रोस पोख्नु पर्ने अवस्था आएको खड्काले बताए । खड्काले घटनाको जिम्मा लिएका छन् । उनले भने “अत्याचार हुन थालेपछि आक्रोस पोखेको हुँ । के केमा कति क्षेती भयो, थाहा भएन । नगरपालिकाले मेरो वडाको २ करोड ७० लाखको बजेट सिलिङ्ग मध्ये १ करोड १० लाख मात्रको सम्झौता गरेर बजेट सकियो भन्यो ।”

“बजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानि धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएकोमा फाईल फिर्ता मात्र गरेनन् । उल्टै उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले झपारेर पठाए । यी सब कारणले गर्दा विवाद भएपछि घटना घट्न गएको हो”, खड्काले बताए ।

अधिकांस वडामा समस्या उस्तै छ । त्यस क्रममा कांग्रेस, माओवादी, मधेशवादी र केही एमाले सम्बद्ध वडाअध्यक्षहरु समेत थिए । घटनापछी भएको छलफलमा समेत चर्काचर्की भयो । यस विषयमा आगामी सोमबार पुनः छलफलमा बस्नेगरी फर्कियौं, खड्काले सुनाए ।

प्रशासकिय अधिकृत चेतप्रसाद पोखरेल कतोडफड नैं गर्नुपर्ने वातावरण सृजना गरेर विदामा बसे, उनले भने ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय