कृषक मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीले पर्यटकलाई सहभागी गराएर २० औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराकासाथ पोखरा पर्यटन परिषद्ले बुधबार महोत्सव आयोजना गरेको हो । महोत्सवमा स्थानीयसगै विदेशी पर्यटक पनि मज्जाले रमाय ।

गलामा माला, रातो टिका अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई हिलोमा रमाईरहेका थिए । खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुँदै पर्यटक हिलोमा छ्यापाछ्प गरेका थिए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । असारे रोपाई महोत्सवको हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् थियो । ‘पोखरा सबै मौसमका लागि’, भन्ने नारा सहित महोत्सव स्वदेशीदेखि विदेशीहरुका लागि आयोजना गरिएको हो । पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा भाग लिदै रोपाइ महोत्सव हेर्न गएकाहरु पनि रमाए । विदेशी पर्यटक नेपाली कृषि प्राणली प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी भए ।

मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने ।
पोखरा महानगरपालिका २५ गुदेताल किनारको ताल फाटमा विगत वर्षमा जस्तै यस पटक पनि असार १५ धान दिवस पर्यटनकीय इनगरी पोखरामा भने रोपाई महोत्सव आयोजना गरिएको थियो । ८ रोपनी खेतमा ७ हल गोरुले खेल सम्याएका थिए ।
परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०६१ सालदेखि पोखरामा रोपाइँ महोत्सवको आयोजना हुदैँ आएको छ ।

बर्खाको समय अफ सिजनका कारण पर्यटन क्षेत्र सुनसान हुने गर्छ । धान रोप्ने नेपाली संस्कृति पर्यटनमा जोड्न महोत्सव आयोजना गन थलिएको हो । जसको कारण रोपाइँ हेर्नका लागि पनि विदेशी पर्यटक आउने मत्र हैन आएका पर्यटक समेत रोपाई महोत्सवको पर्खाइमा बस्ने गरेका छन् । ट्रर्याक्टरको प्रयोग गरी धान रोप्ने चलन बढ्दै गएको छ । पोखरामा भने पर्यटकलाई नेपाली संस्कृति देखाउन हल गोरु प्रयोग गर्ने गरिएको छ हलगोरु पाल्ने किसनलाई अनुदान समेत दिने गरिएको छ । दिगो पर्यटन विकासका लागि हराउदै गएको संस्कृतीलाई संरक्षण गदै पर्यटनसंग जोड्नुनै वर्तमानको आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय