
सप्तरीको खडक नगरपालिका–७ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विसनपुर चौक नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा खडक–९ का ४५ वर्षीय दिपेन्द्र विश्वकर्मा सडकमा लडेका थिए। सोही क्रममा विपरित दिशाबाट आएको ट्रकले उनलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
विश्वकर्मा सवार मोटरसाइकल प्रदेश १–०५–००१ प १५ नम्बरको थियो भने अर्का मोटरसाइकल स २ प १९८५ नम्बरको थियो। किच्ने ट्रक मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको रहेको छ।



दुर्घटनापछि ट्रक चालक हेटौँडाका २९ वर्षीय राम कुमार श्रेष्ठ र अर्को मोटरसाइकल चालक ३८ वर्षीय भुपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।