काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले जेष्ठ नागरिकहरुलाई पोषण खानेकुरा वितरण गरेको छ । तत्कालिन कार्यबाहक वडा अध्यक्ष भुवन कुमार केसीको नेतृत्वमा जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घरघरमा पुगेर पोषण वितरण गरेका हुन् । केसीले घरबाट बाहिर निस्कन नसक्ने, हिडडुल पनि गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर पोषण वितरण गरिएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०८१-०८२ को आन्तरिक स्रोत अन्तर्गत अशक्त र असहाय ज्येष्ठ नागरिक पोषण तथा सामग्री व्यवस्थापन शीर्षकबाट करिब ५० जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको कार्यबहाक वडा अध्यक्ष रामशरण महतले बताउनु भयो ।

कार्यपालिका सदस्य एवम् वडा नं. ७ की सदस्य उमा कुमारी थापाले अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर पोषण वितरण गर्न पाउँदा खुशी लागेको र ज्येष्ठ नागरिकहरु पनि वडाको कार्यप्रति खुशी भएको बताउनु भयो । पोषणयुक्त खानेकुरा वितरणको क्रममा सम्भवत वडाकै सबैभन्दा ज्येष्ठ नागरिक १०४ वर्षीया रमादेवी महर्जनलाई पोषणयुक्त सामग्री दिएर भेट्न पाउँदा आफुहरुले गरेको काम मध्येकै आनन्ददायी काम भएको जनप्रतिनिधिहरु बताउँछन् ।

पोषणयुक्त खानेकुरामा दुई वटा हर्लिक्स, एउटा च्यावनप्रास, काजु, किसमिस, बदामसहित एक थान पछ्यौंरी दिइएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै जाने वडा सदस्य पूर्णकुमारी बयलकोटीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय