काठमाडौं । धरान उपमहानगरपालिकामा प्रमुख र प्रशासकीय अधिकृतबीच विवाद चुलिएको छ ।

योजना भुक्तानीको विषयलाई लिएर नगरप्रमुख हर्क साम्पाङ र अधिकृत अम्बिकाप्रसाद चौलागाईँबीचको विवाद उत्कर्षमा पुगेको हो ।

श्रमदानको भुक्तानी विवादले बजेट ल्याउन नसकेको उपमहानगरपालिकामा भुक्तानीको विषयलाई लिएर मेयर हर्कराज राईले प्रशासकीय प्रमुखलाई स्पष्टीकरण माग्नुभएको छ । राईले दुई महिनाअघि सम्पन्न भइसकेको योजनाका भुक्तानी रोकिनुको कारण माग गर्नुभएको छ ।

यही असार २ गते धरान– १६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा लगाइएको तारजाली विवादले महानगरमा तनाव सिर्जना हुन पुगेको छ । श्रमदान भनिएको योजनामा केही व्यक्तिको डोरहाजिर गराएर मेयर राईले भुक्तानी मागेको भन्दै विवाद भएको थियो । भुक्तानी अहिलेसम्म पनि रोकिएको छ । यही विषयमा मेयर राईले प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण मागेका हुन् । मेयर राईले पत्रमा सम्झौता गरी प्रक्रियागतरुपमा काम सम्पन्न भई सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएको भन्दै आपत्ति जनाइएको छ ।

नगरप्रमुख साम्पाङ, उपप्रमुख आइन्द्रविक्रम बेघा र प्रशासकीय अधिकृतबीचको विवादले उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय